आफ्नो करियरमा कसरि सफलता हासिल गर्न सकिन्छ ?

0
9
ad

करियरमा अगाडी बढेर सफलता हासिल गर्नको लागि तपाईंले गर्ने मेहनत महत्त्वपूर्ण कुरा हो । यसबाहेक सफलताको लागि तपाईंले अपनाउन सक्ने केहि कुराहरुको बारेमा यहाँ उल्लेख गरिएको छ :

– सबैभन्दा पहिले आफ्नो करियरको लक्ष्य निर्धारण गर्नुहोस्।

– समय व्यवस्थापन गर्न र समय तालिका अनुसार काम गर्न सिक्नुहोस् ।

– आफ्नो कामलाई सधै प्राथमिकता दिनुहोस् ।

– सिक्ने बानीको विकास गर्नुहोस् । प्रत्येक दिन केही कुरा नयाँ सिक्ने प्रयत्न गर्नुहोस् ।

– जिम्मेवारी बहन गर्ने र गल्ती भएमा त्यसलाई स्विकारी आवश्यक सुधार गर्ने गर्नुहोस् ।

– मानिसहरु संग घुलमिल हुने र सम्बन्ध विस्तार गर्ने गर्नुहोस् ।

– आफ्नो कामको क्षेत्रका मानिसहरु र उनीहरुले गरिरहेको कामको बारेमा जानकार रहनुहोस् ।

– अनुशासनलाई महत्व दिनुहोस् , अरुको कुरा काट्न छोड्नुहोस् ।

– अनुत्पादनशील काममा समय खेर फाल्नुभन्दा आफूमा पढ्ने बानीको विकास गर्नुहोस् ।

– एकोहोरो काम नगरी आफ्नो लागि पनि केही समय छुट्टाउनुहोस् जसले गर्दा दिमाग रिफ्रेस हुन्छ ।

– काममा आत्मसन्तुष्टि खोज्नुहोस् । यदि आफ्नो कार्यक्षेत्रबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बारे सोच्नुहोस् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here