
सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।
चुनावको मुखमा गृह मन्त्रालयले धमाधम सिडिओ सरुवा गर्न थालेको छ । बिहीबार पाँच जिल्लाका सिडिओको सरुवा गरिएको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।
धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटका सहसचिव नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पश्चिममा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रुपमा पठाइएको छ । कतिय सिडिओलाई ८ महिनामै समेत सरुवा गरिएको छ ।