अनुहारको दाग हटाउनको लागी प्रयोग गर्नुस् यस्ता घरेलु उपाए,जसले तपाईको दागलाई १० दिनमै निको गर्छ

0
2
ad

सुन्दरता मानिसको गहना हो । सबै मानिसहरुमा सुन्दर हुने चाहना हुन्छ । तर अनुहारमा विभिन्न प्रकारका चाँया र पोतो आउने कारणले गर्दा सबै दुखी हुन्छन् ।

चाँया र पोतो हटाउनको लागी मानिसहरु निकै पैसा खर्च गर्छन् । तर घरेलु उपाए अपनाएको खण्डमा छिट्टै चाँया हटने गर्दछ । कसरी चाँया हटाउन सकिन्छ भन्ने बिषयमा आज बताउन गईरहेका छौं ।

चन्दनको धुलोलाई बेसारमा मिसाउने र त्यसमा बदाम,कागतीको रस हालि राम्ररी घोल्ने र लेप बनाउने । बनाईसकेको लेपलाई दश दिनसँम निरन्तर लगाईरहेको खण्डमा तपाईको अनुहारमा चमक देखा पर्दछ । चाँया तथा पोतो हटेर जान्छ ।

अन्य समाचार / काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।

मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here