कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकहरु बिजोग अबस्थामा

0
21
ad

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडकहरु बिजोग अबस्थामा रहेका छन् । कर्णली बासीहरुले चिल्ला सडकको आशा र दिनहु हिन्दाखाएको धुलोधुवाको सामाना गर्नु परेको बताएका हुन ।

वीरेन्द्रनगर बजार हुँदै प्रशासन पुग्न बुद्धपथको उकालोमा भेटिएका धारापानीका एक सर्वसाधारण भन्दै थिए, ‘पानी पर्दा हिलौहिलो र घाम लागे धुलैधुलोको सामाना गर्नु परेकोे बताएका छन् ।

यस्तै छ कर्णालीको राजधानी सुर्खेतको सडक राजधानी वीरेन्द्रनगरभित्रका सडकको बेहाल र धुलाम्य सडक हिड्न बाध्य जनताको मुखबाट दिनहुँ जसो भोग्नु परेको यस्तै बिकास ब्यथा भल्किएको हुन्छ ।

नगरपालिका अगाडीको बाटो होस् या प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय अगाडी को बाटो वा बजार क्षेत्रको अन्य बाटो नै किन नहोस्, बाटोको बिजोग देख्न सकिने बतमए ।

बजार क्षेत्रका सड्क समयमै निमार्ण कार्य सम्पन्न नहुदा पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने गरेको भन्दै बर्षेनी स्थानीले यस्तै दुखेसो पोख्ने गरेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ चिसापानी घर भएका शेरबहादुर विश्वकर्मा दैनिक काम गर्न बजारका विभिन्न ठाउँमा पुग्छन् । नगरपालिका अगाडिको सडकमा उनले दैनिक ३–४ पटक हिड्नु पर्छ ।

दैनिक ३–४ पटक यो बाटोमा हिंड्दा उनले भने, ‘बिगत दुई बर्ष देखि यसरी धुलोमा हिँडिरहेको छु । सडक बन्न लागेको पनि बर्षौं भयो तर आधा पनि काम भएको छैन । अझै कति दिन यसरी धुलोमा हिँड्नुपर्ने हो । समयमा सडक निर्माण भएको भए आफुले दैनिक जसो यसरी धुलोमा हिँड्नु नपर्ने उनको भनाई छ ।

समयमा नै बाटो नबन्दा मास्क लगाए र हिड्नु पर्ने बाध्यता भएको उनले बताए । लामो समय सम्म सड्को बिजोग अवस्था हुदा पनि सरकारले के हेरेको होला भन्ने उनको जिज्ञासा रहेको छ । अटोचालक भरत नेपालीले पनि समयमै बाटो नबन्दा अटामा समस्या आएको उनले बताए ।

अटो चलाउदा निकै समस्या भएको उनको भनाई छ । धुँवा धुलो त छ दै छ, त्यसैमा खाल्ढा खुल्डीले अटो बिग्रीने गरेको र कमाएको भन्दा धेरै खर्च हुने गरेको उनले बताए । सम्बन्धित निकायको ध्यान गएर बाटाहरु निमार्ण भएको भए आफुहरुलाई सहज हुने उनलले बताएका छन् ।

दैलेख घर भएका दिनेश कुमार न्यौपानेले भौतिक संरचना निमार्ण हुदा समस्या भएता पनि धुँवा धुलो हुन नदिनका लागी बैकल्पीक कार्यहरु सञ्चालन गरिनु पर्ने सुझाब दिएका छन् । यसरी लामो समय सम्म निमार्ण नहुने बाटो हरुलाई जसरी आम नागरिकको मौलिक हकको संरक्षण हुन्छ त्यसलाई ध्यान दिएर बैकल्पीक पद्धतीलाई अगाडी सार्नुपर्ने उनको भनाई छ ।

उता वीरेन्द्रनगर नगरपालिकाले सड्क निमार्णका कार्य तिव्र गतिमा भई रहेको जनाएको छ । वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया ढकालका अनुसार ‘कोरोना माहामारीमा कारण कामममा केहि ढिलाई भएको बताएकी छन् । उनले भनिन् ‘ वीरेन्द्रनगर नगरपालिका भित्रको झण्डै साढे ४ किलोमिटर सड्क कालोपत्रे गरेको भएको छ ।

विबिध कारणले टेन्डर भएका बाटोहरु पनि निमार्ण हुन नसेको उनले बताईन् । टेन्डर भएका तर काम नभएका बाटोहरुका लागी निमार्ण कम्पनिलाई छिटो काम गर्न निर्देशन दिई सकेको उनको भनाई छ । अब अघिल्लो बर्षका सबै काम सम्पन्न गरेको यो आर्थिक बर्षको पनि सबै टेन्डर भएको यो बर्ष पनि सबै योजनाहरु सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here