बाँकेमा आइतबार जनामा मात्र कोरोना पुष्टी, १९ संक्रमित डिस्चार्ज

0
17
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा आइतबार १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा  गरिएको  परीक्षणमा ३ जना  गरी १ जना महिलामा भाइरस संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा शनिबार १९ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्  ।

बाँकेमा हालसम्म ४ हजार ३ सय ४९ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ४३ र जिल्ला बाहिरका ७५ गरि ११८ जनाको मृत्यु भएको छ भने ४ हजार १ सय ९६ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय १० जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here