काठमाडौं । भारतीय राष्ट्यि क्रिकेट टीमका कप्तान विराट कोहली मंगलवार बिहान प्याटरनिटी लिभमा अष्ट्रेलियाबाट भारत फर्किएका छन् ।
४ टेस्ट म्याचको सीरीजमा अब बाँकी ३ टेस्टको कप्तानी अंजिक्य रहाणेले पाएका छन् ।
विराटले भारत फर्किने बेलामा आफ्नो टीमलाई गत म्याचलाई बिर्सेर आउँदो म्याचमा फोकस गर्दै आफूमा भरोसा राख्नुपर्ने बताए ।