काठमाण्डाै – बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताउनु भएको छ । यस्तै, युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन वार्ता गरिरहेको छ ।
संघमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा छन् । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ ।