पछिल्लो २४ घण्टामा बर्दियामा थप ३ जनामा संक्रमण पुष्टी, ५ जना डिस्चार्ज

0
29
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बर्दियामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बाँके जिल्लामा रहेका २ वटा पीसीआर प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा १ महिला र २ पुरुष गरी ३ जनामा भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ ।

स्वास्थ्य कार्यलय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल प्रयोगशालामा २ जना  र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा १ जना  गरी ३ जनामा भाइरस संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा बर्दियामा ५ जना संक्रमित कोरोना संक्रमणमुक्त भई आज डिस्चार्ज भएका छन् ।

बर्दियामा हालसम्म १ हजार ४ सय १६ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका १७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ११ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा जिल्ला भित्र र बाहिरका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा ८८ जना संक्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here