थप ५ सय ८८ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

0
27
ad

पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ९७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनामा पिसिआर परीक्षण गरिएको छ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here