यस्तो छ संवैधानिक परिषद्ले नियुक्तिका लागि गरेको सिफारिस (नामावलीसहित)

0
8
ad

संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तलगायत रिक्त विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्ले नियुक्तिका लागि सिफारिस गरेको पत्र आइतबार संसद सचिवालयमा पुगेको छ। परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

३० मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशअनुसार त्यसैदिन बसेको संवैधानिक परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो।

यी हुन् परिषद्ले सिफारिस गरेकाहरूः
अख्तियार दुरूपयोग अनुसन्धान आयोग: प्रेमकुमार राई (प्रमुख आयुक्त) जयबहादुर चन्द (आयुक्त), किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग: रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर

मानवअधिकार आयोग: तपबहादुर मगर (अध्यक्ष), सदस्यहरू:  मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिलि बस्नेत थापा, मिहिरकुमार ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग: जुद्ध गुरुङ, अमरराज मिश्र

महिला आयोग: कमलाकुमारी पराजुली (अध्यक्ष), सदस्यहरू : कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा

दलित आयोग: देवराज विक (अध्यक्ष),  सदस्यहरू : मिना सोभ, परशुराम रमतेल, कुञ्ज बराइली, मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग: मनप्रसाद खत्री (अध्यक्ष),  सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पाश्वान

आदिवासी जनजाति आयोग: रामबहादुर थापा (अध्यक्ष), सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई

मधेशी आयोग: जीवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता

थारु आयोग: विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी

मुस्लिम आयोग: महमुद्दिम अलि, मिर्जाअर्सद बेग

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here