पछिल्लो २४ घण्टामा बाँकेमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

0
2
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार  बाँकेमा शनिबार थप १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत ३५ संक्रमितको अवस्था गम्भीर रहेको छ । उपचाररत ८३ जना बिरामीमध्ये, ३५ जना गम्भीर, ४१ जना मध्यम र ७ जना सामान्य बिरामी रहेको छन्। बाँकेमा ८८ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म ४ हजार २ सय ७० जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ४२  जनाको मृत्यु भएको छ भने आज १३ महिला र १४ पुरुष गरि १७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । जिल्लामा हाल १ सय ४० जना सक्रिय संक्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here