बर्दियामा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी

0
18
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बर्दियामा शनिबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बाँके जिल्लामा रहेका २ वटा पीसीआर प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा ३ महिला र २ पुरुष गरी ५ जनामा भाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यलय बर्दियाले जनाएको छ ।

स्वास्थ्य कार्यलय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल प्रयोगशालामा ४ जना  र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा १ जना  गरी ५ जनामा भाइरस संक्रमण देखिएको हो।

बर्दियामा हालसम्म १ हजार ४ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका १७ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ५ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा जिल्ला भित्र र बाहिरका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा ९० जना संक्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here