जसपाका नेताहरु देउवा भेट्न बूढानीलकण्ठ पुगे

0
11
ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्‍त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले लगातार संविधान उल्लंघन गरेको भन्दै विपक्षी पार्टीहरु एक ठाउँमा उभिनुपर्ने सन्देशसहित जसपाका नेताहरु देउवानिवास बूढानीलकण्ठ पुगेका हुन् ।

कांग्रेस सभापति देउवालाई भेट्न जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो गएका हुन् । अहिले उनीहरु बूढानीलकण्ठमै छन् ।

स्रोतका अनुसार भेटमा जसपाका नेताहरूले प्रधानमन्त्री केपी ओलीले अध्यादेशका भरमा देश चलाउन खोजेको भन्दै त्यसविरुद्ध प्रतिपक्षी दलको साझा धारणा बनाउन जोड दिएका छन् । ओलीले पुस १७ भित्र संसद् बैठक नबोलाए आउसक्ने परिस्थितिबारे पनि छलफल भएको बताइएको छ । ओलीले संसद नबोलाउने अवस्था देखिए विशेष महाधिवेशनका लागि समावेदनका लागि पनि तयारी अवस्थामा रहनुपर्नेमा जसपा नेताहरूले कांग्रेसलाई अग्रसरता लिन आग्रह गरेका छन् ।

उसो त, सभापति देउवाले कांग्रेस एक्लैको संख्याले विशेष महाधिवेशन माग गर्न शक्ति नपुगेको भन्दै नियमित अधिवेशन समयमै बोलाउन माग गरेका थिए । त्यसको भोलिपल्टै जसपा नेताहरू बूढानीलकण्ठ पुग्‍नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here