पारस टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त, नेपाली खेलाडीले मौका पाउने आशा

0
28
ad

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त भएका छन्।

यस सिजनमा उनले टी–१० लिगमा संरक्षकको भूमिका निर्वाह गर्ने पनि अबुधाबी टिमले जानकारी दिएको छ।

यसअघिको सिजनमा पारस टिम अबुधाबीको खेलाडीको रूपमा मात्र थिए।

तर अबभने पारसले यस टीममा उदयमान युवा प्रतिभा खेलाडीलाई टी–१० खेल्ने अवसर प्रदान गर्नेछन्।

यसरी नेपाली क्रिकेटका युवा खेलाडीले मौका पाउने सम्भावना बढी रहेको देखिन्छ। पारसले पनि शनिबार आफ्नो ट्वीटमा सोही विषय संकेत गर्न खोजेका छन्।

आफूलाई आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै पारसले ट्वीटरमा आफ्नो नियुक्तीले नेपाली युवा खेलाडीलाई अवसरहरु प्रदान गर्ने बताएका छन्।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here