बर्दियाका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

0
1
ad

नेपालगञ्ज- बर्दियाका ७२  वर्षीय कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । योसँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

बारबर्दिया-१०, बर्दिया निवासी ७२ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा हिजो साँझ ८ बजेर २० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यल बर्दियाका कोरोना फोकाल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो  ।

कोभिड-१९को आशंकामा मंसिर २५ गते पिसिआर परिक्षण गराउदा अर्को दिन आएको रिपोर्टमा निजलाई कोरोना पुष्टी भएको थियो ।

निमोनियाले ग्रसित उक्त पुरुषको स्वास्थ्यमा समस्या आए पश्चात मंसिर २७ गते भेरी अस्पतालको कोभिड-१९ आइसोलेसन युनिटमा भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण विधिबाट उपचार गर्दा पनि स्वास्थ्यमा  सुधार नआई विग्रिदै गएपछी शुक्रबार साँझ ८ बजेर २० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतलले पुष्टी गरेको हो।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here