बाँकेमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि, उपचाररत ३५ संक्रमितको अवस्था गम्भीर

0
13
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार  बाँकेमा शुक्रबार थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत ३५ संक्रमितको अवस्था गम्भीर रहेको छ । उपचाररत ८५ जना बिरामीमध्ये, ३५ जना गम्भीर, ४१ जना मध्यम र८ जना सामान्य बिरामी रहेको छन्। बाँकेमा १ सय १८ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म ४ हजार २ सय ५४ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ४१  जनाको मृत्यु भएको छ भने आज १० महिला र १२ पुरुष गरि २२  जना उपचार पश्चात डिस्चार्ज भएका छन् । जिल्लामा हाल १ सय ४० जना सक्रिय संक्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here