राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका प्रशिक्षक वाटमोर नियुक्त

0
32
ad

अष्ट्रेलियाका प्रशिक्षक देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक (हेड कोच) नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार सूचना जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको बताएको छ ।

अष्ट्रेलियाका पूर्वखेलाडी वाटमोरले राष्ट्रिय टिमबाट १९९७ देखि १९८० सम्म खेलेका थिए । बंगलादेशमा २००३ देखि २००७ सम्म राम्रो प्रशिक्षण अनुभव बटुलेका वाटमोरले विश्वका शक्तिशाली क्रिकेट टिमविरुद्ध आफ्ना खेलाडीलाई अब्बल तुल्याएका छन् भने भारतविरुद्ध जित निकाल्न सफल भएका छन् ।

त्यस्तै उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका खेलाडीलाई २०१०–२०११ मा प्रशिक्षण गराएका छन् । त्यसपछि उनले २०१२ देखि दुई वर्षका लागि पाकिस्तानको राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । उनले जिम्वावेको राष्ट्रिय टिम पनि सम्हालिसकेका छन् ।

क्यानले मुख्य प्रशिक्षकका लागि आवदेन आह्वान गर्दा ७१ जना अन्तर्राष्ट्रिय प्रशिक्षकको आवेदन परेको थियो । तीन चरणमा भएको छनोटबाट वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।
क्यानले मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक पदमा रौनक बहादुर मल्ल, मुख्य वित्तीय पदाधिकारीकामा रमेश कुमार न्यौपाने र क्रिकेट व्यवस्थापकमा विनोद कुमार दासलाई नियुक्त गरेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here