लागु औषध निस्तेज पार्न बाँके प्रहरी सशक्त रुपमा प्रस्तुत हुँदै – एसपि राना

0
21
ad

बाँके । ईलाका प्रहरी कार्यालय धनौलीको आयोजना र खजुरा गाउँपालिकाको सहयोगमा बाँके जिल्ला लागू औषध निस्तेज महाअभियान अन्तर्गत सरोकारवाला निकायहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाको अध्यक्षता मा तथा खजुरा गाउँपालिकाको प्रमुख  किस्मत कुमार कक्षपतीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्दै खजुरा गाउपालिका प्रमुख कक्ष्पतिले बिगतमा बाँके प्रहरी प्रमुखहरुले लागू औषध न्यूनीकरण गर्न को लागि प्रतिबद्धता गरे त पनि लागू औषध न्यूनीकरण कार्यक्रम भाषण मै सिमित हुन पुगेकोले अब फेरि बाँके प्रहरीले लागू औषध निस्तेज महाअभियान सन्चालन गरेको छ यो अभियानले निरन्तरता पाउने छ भन्ने विश्वास लिएको बताउनुभयो ।Image may contain: 1 person

अध्यक्ष कक्ष्पतिले खजुरा गाउँपालिका र खजुरा गाउँपालिका का सम्पुर्ण वडा अध्यक्षहरुले उक्त अभियानमा साथ दिने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा बोल्दै बाँके प्रहरी प्रमुख ओम बहादुर राना ले लागू औषध निस्तेज महाअभियान लाई सफल पार्नको लागि बाँके जिल्लाको प्रत्येक स्थानिय तहका वडाहरुमा वडा समिती हरु गठन गरिएको बताउँदै उहाँले पछिल्लो तथ्यांक हेर्ने हो भने लागू औषध सेवन र बेचबिखन गर्ने १६ देखि ३० बर्ष उमेर समूह का युवाहरु बढी रहेकाे जिकिर गर्नु भयो ।Image may contain: 2 people

लागू औषधलाई न्यूनीकरण का लागि गाउँपालिका संग सहकार्य गरेर बाँके प्रहरी शसक्त रुपले लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा स्थानीय युवाहरु र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।Image may contain: 7 people, hat

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here