बाँकेका नयाँ फोकल पर्सन नेपालीबाट आएन जिल्लाभरको कोरोना तथ्यांक

0
28
ad

नेपालगन्ज : बाँकेका नयाँ कोरोना फोकल पर्सन मानव नेपालीबाट अहिलेसम्म जिल्लाभरको कोरोना तथ्यांक आएको छैन  ।

सुरुवाती समयदेखि  बाँके जिल्लामा जिल्लाभरको कोरोना तथ्यांक फोकल पर्सन नरेशबाबु श्रेष्ठले समयमा नै  अपडेट गर्दै आइरहनुभएको थियो। उहाँको  बर्दिया जिल्लामा सरुवा भएपछि केहिहप्ता यता सुचना अपडेट आउनै छाडेको थियो ।

केहिदिन पछी उक्त जिम्मेवारी तेज वलीले पाउनुभएको थियो । आफ्नो जिम्मेवारीलाई असल तरिकाले मेहेनतकासाथ निभाइरहनु भएका तेज वलीबाट त्यो जिम्मेवारी फेरी जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत मानव नेपालीलाई सुम्पिएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बुधबार बसेको बैठक अनुसार नयाँ फोकल पर्सन जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत मानव नेपालीलाई तोकिएको थियो ।

फोकल पर्सन तोकिएपछी नयाँ फोकल पर्सन नेपालीबाट भने जिल्लाभरको कोरोना तथ्यांक अहिलेसम्म आएको छैन ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here