बाँकेमा बुधबार थप ११ संक्रमित डिस्चार्ज, कुल डिस्चार्ज संख्या ४ हजार १० पुग्यो

0
0
ad

नेपालगञ्ज- बाँकेमा बुधबार थप ११ जना संक्रमित कोरोना संक्रमणमुक्त भई  डिस्चार्ज हुदैछन् । यो सङ्गै बाँकेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १० पुगेको छ ।

जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार जिल्लामा आज ७ महिला र ४ पुरुष गरि ११ जना संक्रमित  कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।

फोकल पर्सन वलीका अनुसार  जिल्लामा कोरोना संक्रमितको कुल  संख्या ४ हजार २ सय  रहेको छ भने १५ महिला र २६ पुरुष गरी ४१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ। जिल्लाको  विभिन्न आइसोलेसन केन्द्रमा हाल १ सय ४९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here