बाँकेमा २८ वर्षीय संक्रमित महिलाको कोरोनाले लियो ज्यान

0
35
ad

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणका कारण कन्चनपुरकी २८ वर्षीया संक्रमित महिलाको भएको छ । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आई कोभिड-१९बाट मृत्यु हुनेको संख्या  ७० पुगेको छ ।

शुक्लाफाँटा कन्चनपुरकी २८ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा  मध्यराती १ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कोरोना संक्रमणको आशंकामा मंसिर २५ गते स्वाव संकलन गरिएकोमा उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २६ गते साँझबाटै नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना रहकी उनलाई रेम्डिीशिबिर, डेक्सोना, भेन्टिलेटर लगायतको बिधिबाट उपचारकै क्रममा मध्यराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here