कोरोना अपडेट: पछिल्लो २४ घण्टामा बाँकेमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि

0
8
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका २ वटा पीसीआर प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा ७ महिला र १३ पुरुष गरी २० जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा १५ जना  र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा ५ जना  गरी २० जनामा भाइरस संक्रमण देखिएको हो।

बाँकेमा हालसम्म ४ हजार १ सय ८३ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ४१ र जिल्ला बाहिरका ६९ गरि ११० जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ८४ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ५८ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here