कुशल भुर्तेलको अर्धशतकमा राप्ती टिम विजयी

0
17
ad

काठमाडौं । गौतमबुद्ध कप टी-ट्वान्टी क्रिकेटमा चरणको अन्तिम खेलमा राप्ती टिमले जित हात पारेको छ । सोमवार भरतपुरमा भएको खेलमा राप्तीले नारायणीलाई १ विकेटले पराजित गरेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा नारायणीले दिएको १ सय ३९ को लक्ष्य राप्तीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा गरेको हो ।

राप्तीको जितमा कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ६ छक्का ४ चौकाको मद्दतले ६५ रन बनाए ।

कमल सिंह ऐरीले अविजित २४ रनको आक्रामक इनिङ्स खेल्दा राप्तीले रोमाञ्चक जित निकाल्यो ।

नारायणीका कप्तान करन केसीले ३ विकेट लिए । यस्तै सुशन भारी र किशोर महतोले २र२ विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्यटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको हो ।

नारायणीका लागि किशोर महतोले नट आउट हुँदै ३६ रन बनाए । उनले १४ बल खेल्दै ४ छक्का र २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले ३२ रन जोडे ।

१३ औं ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको नारायणीको पाली किशोर र केसीले उकासेका हुन् ।

नारायणीका सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन को योगदान गरे भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

राप्तीका सुर्य तमाङ र अविनास बोहराले समान २र२ विकेट लिए ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here