कन्चनपुरका ५४ वर्षिय संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

0
21
ad

नेपालगन्ज – बाँकेमा  कोरोना संक्रमणका कारण थप एक जना संक्रमित पुरुषको मृत्यु भएको छ । यो सँगै जिल्ला भित्र बाहिर जिल्लाका उपचार गर्न आई कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

भिमदत्त नगरपालिका वडा नं. १५ कन्चनपुरका ५४ वर्षिय पुरुषको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा सोमबार बिहान १२ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको हो  ।

मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर २२ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र नमूनाको परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हुँदा सोही दिन भेरी अस्पताल नेपालगन्जमा आईसोलुसन वार्डमा भर्ना गरिएको जारी प्रेस नोटमा जनाइएको छ ।

मृतकको स्वास्थ्यमा समस्या आएपछि मंसिर २२ गते भेरी अस्पतालमा भर्ना गरि एन्टीवाईटिक, रेडमिडिसर, प्लाज्मा लगायत स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज बिहान १२ः३० बजे श्वास प्रश्वासमा समस्या तथा गम्भिर कोभिड–१९ संक्रमणका कारण मृृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको छ ।
हाल मृतकको सव व्यवस्थापनका लागि, डिसिसिएमसी, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनका लागि समन्वय भईरहेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here