कोरोना अपडेट: बाँकेमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

0
11
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका ३ वटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १० महिला र ७ पुरुष गरी १७ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा १२ जना, बागेश्वरी प्रयोशालामा १ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा ४ जना  गरी १७ जनामा भाइरस संक्रमण देखिएको हो।

बाँकेमा हालसम्म ४ हजार ९३ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६४ गरि १०३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ७४ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ७९ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here