कोरोना अपडेट: बाँकेमा बुधबार थप ८ जना संक्रमित डिस्चार्ज 

0
0
ad

नेपालगञ्ज- बाँकेमा बुधबार विभिन्न आइसोलेसन केन्द्रबाट थप  ८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज  हुदैछन् । योसँगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ७४ पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकाल पर्सन तेज ओलीका अनुसार मंगलबार विभिन्न आइसोलेसन केन्द्रबाट  ३ महिला र  ५ पुरुष गरि  ८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुदैछन् ।

बाँकेमा हालसम्म ४ हजार ५४ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६४ गरि १०३ जनाको मृत्यु भएको छ भने अन्य जिल्लाका ५० जना गरि २ सय १३ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here