पुर्ण खोप सुनिश्चितता अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

0
0
ad

बर्दिया- स्वास्थ्य कार्यालय, बर्दियाको आयोजनामा जिल्ला स्थित सरोकारवाला तथा स्थानिय तहका पदाधिकारीहरुलाई पुर्ण खोप सुनिश्चितता सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु तिलकराम शर्मा, कुलप्रसाद पोख्रेल, कबिराम थारुको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी लगाएत बर्दिया जिल्लाका ८ स्थानिय तहका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, स्थानिय तह स्वास्थ्य शाखा प्रमुखहरु लगाएत ३० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री माननिय सुर्दशन बरालले भर्चुअल ,माध्यमबाट सम्वोधन गर्दै लुम्विनी प्रदेशका ४ वटा जिल्लाहरु बर्दिया, बाँके, कपिलवस्तु, पुर्बि रुकुमलाई यस आथिक वर्षमा पुर्ण खोप जिल्ला घोषणा गर्ने योजना रहेको र त्यसको लागी प्रदेश सरकार बर्दिया जिल्लाका स्थानिय तहलाई आवश्यक सहयोग गर्न प्रतिवद्द रहेको कुरा बताउनु भएको थियो ।

No description available.

कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीले गर्नु भएको थियो । उहाँका अनुसार बर्दिया जिल्लामा हाल जिल्लाका २ वर्ष मुनिका बच्चाहरु मध्य वि.सि.जि. खोप ७९ प्रतिशत, डि.पि.टि. हेपाटाईटिस हिप वि.७६ प्रतिशत,पि.सि.वि.७८ प्रतिशत, दादुरा रुबेला ७५ प्रतिशत र जापानिज ईन्सेफलाईटिसको खोप ८० प्रतिशत वच्चाहरुले पाएको देखिन्छ भने नेपालमा ७८ प्रतिशत वच्चाहरुले मात्र पुर्ण खोप पाएको नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

कार्यक्रममा स्वास्थ्य प्रमुख गिरीले बर्दिया जिल्लामा पौष, माघ, फाल्गुण महिनामा १५ महिना मुनिका सवै बच्चाहरुलाई खोज्दै खोप लगाउने अभियान संचालन गरिने चैत्र महिनामा खोप नलगाएका वच्चाहरु छन छैनन भनि सर्वेक्षण गरिने र छुट भएका लाई पुन खोप लगाईने र वैशाख महिनामा खोप महिनामा विशेष अभियान नै संचालन गरि सबै बच्चाहरुले खोप पाएको सुनिश्चितता गरि २०७८ बैशाख महिनाको अन्त सम्म बर्दिया जिल्लाको बर्दिया जिल्लालाई पुर्णखोप जिल्ला घोषणा गरिन लागेकाले यस अभियानमा जिल्लाका माननिय ज्युहरु, स्थानिय तह प्रमुख ज्युहरु र स्वास्थ्य शाखा प्रमुखहरुलाई आह्वान गर्नु भएको थियो ।

बर्दिया जिल्लाका श्री बाँसगढी, राजापुर, गेरुवा, बढैयाताल गा.पा., मधुवन, ठाकुरबाबा स्थानिय तहहरु पुर्ण खोप घोषणा भैसकेका ले ति ६ स्थानिय तहमा पुर्ण खोपको दिगोपनाको कार्यक्रमलाई निरन्तरता दिईने र पुर्णखोप नभएका गुलरिया र बारबर्दिया स्थानिय तहमा पुर्ण खोप अभियानमा वच्चा खोज्दै पुर्ण खोप लगाईने “खोज र खोप अभियान” समेत संचालन गरिने स्वास्थ्य प्रमुख गिरीले बताउनु भएको छ ।

No description available.

कार्यक्रमको समापन गर्दै जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति, बर्दियाका प्रमुख श्री शंकर प्रसाद थारुले कार्यक्रममा उपस्थीत सम्पुर्ण व्यक्तीत्वहरु जिल्लाका महत्वपुर्ण जिम्वेवार व्यक्तीहरु भएको र पुर्ण खोप अभियानमा सबैको सहयोग अपरिहार्य रहेको र बैशाख महिनाको अन्त सम्म वर्दिया जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्न आफु जुन सुकै प्रकारको सहयोग गर्न आफु तयार भएको र पुर्ण खोप अभियान सफल पार्नका लागी सबैलाई प्रतिवद्दता पत्रमा हस्ताक्षर गर्न समेत आह्वान गर्नु भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय, बर्दियाका खोप कार्यक्रम तथा कोरोना  फोकल पर्सन नरेश श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य माननिय तिलक राम शर्मा, माननीय कुल प्रसाद पोख्रेल, माननिय कबिराम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिवद्दता
स्वास्थ्य कार्यालय वर्दियाको आयोजनामा भएको पूर्ण खोप अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठिवाट हामी राजनीतिक दल, संसद ,जिल्ला समन्वय प्रमुख ,स्थानीयतहका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा प्रमुख यही २०७८ वैसाख मसान्त सम्म सवै स्थानीयतहहरुले पूर्ण खोप निर्देशिका वमोजिम पूर्ण खोप घोषणा तथा सुनिश्चितता गरी जेष्ठ मसान्त सम्म वर्दिया जिल्लालाइ नै पूर्ण खोप जिल्ला घोषणा गर्ने छौ। साथै हरेक वर्ष पूर्णखोप दिगोपनको कार्यक्रम गरी प्रत्येक स्थानीय तहका साथै वर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चतता गर्न प्रतिवद् छौ ।

No description available.

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here