कोरोना अपडेट: बाँकेमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि

0
23
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा मंगलबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका ३ वटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १० महिला र १२ पुरुष गरी २२ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल प्रयोगशालामा १६ जना, बागेश्वरी प्रयोशालामा २ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा ४ जना  गरी २२ जनामा भाइरस संक्रमण देखिएको हो।

बाँकेमा हालसम्म ४ हजार ७६ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६४ गरि १०३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ६६ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ७१ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here