थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज

0
9
ad

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेकाे छ । मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।

अब नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय २३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २३ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ३७ पुगेकाे छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here