थ्याङ्क्स गिभिङपछि अमेरिकामा क्रिसमसको त्रास!

0
7
ad

क्रिसमसले कोभिड १९ लाई अझ तीब्र गतिमा फैलाउन सक्ने भन्दै अमेरिकामा  वरिष्ठ संक्रमण विज्ञ डाक्टर एन्थोनी फाउचीले चेतावनी दिएका छन्। अमेरिकामा दैनिक झन्डै २ लाखको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। यहाँको थ्याङ्सगभिङ पर्वका कारण संक्रमण ह्वात्तै बढेको हो। 

उनले क्रिसमस र नया वर्ष मनाउँदा संक्रमणको थप चुनौती दिने समेत बताए। दैनिक संक्रमितको संख्या सँगै अमेरिकी अस्पतालमा सबैभन्दा धेरै कोभिड १९ विरामी भर्नाको पनि नयाँ रेकर्ड कायम भइरहेको छ।

क्यालिफोर्निया राज्यले त नयाँ लकडाउन नै सुरु गरिसकेको छ। अन्य राज्यहरुमा संक्रमित दर बढ्न थालेपछि उनीहरुले पनि लकडाउन सुरु गर्ने तयारी गरिरहेका छन्।

अमेरिकामा अहिलेसम्म १ रकोड ४७ लाख मानिसमा कोभिड १९ को संक्रमण देखिसकेको छ। यहाँ २ लाख ८२ हजार ५ सय जनाको यसैका कारण मृत्यु पनि भइसकेको छ। विश्वव्यापी हिसाबले यी दुवै तथ्याङ्क सबैभन्दा उच्च हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने लगायतका कोरोनाबाट बच्ने उपायहरुमाथि खेलभाड गरेको आरोप लाग्दै आएको छ।
हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा जित निकालेका जोय बाइडेनका प्रमुख मेडिकल सल्लाहकार हुन् डाक्टर फाउची। उनले थ्याङ्क्स गिभिङलेजस्तै क्रिसमसले संक्रमण थप व्यापक हुने बताएका हुन्। ‘लामो बिदाका कारण यसले थप जोखिमको अवस्था निम्त्याउन सक्छ,’ उनले भने।

कसैले पनि पर्व मनाउने कुरालाई परिवर्तन गर्न नचाहने सुनाउँदै उनले भने, ‘तर हामी एकदमै जोखिमको समयमा छौं… हामीलाई तथ्य र तथ्याङ्कहरुले यसबारे बताइरहेको छ। यो असाध्यै कठिन अवस्था हो।’

थ्याङ्क्स गिभिङमा धेरै यात्रा नगर्न भनिए पनि हवाइ सेवा पूर्ण क्षमतामा चलेका थिए। अरु गतिविधि पनि उत्तिकै रफ्तारमा। त्यसको असर अहिले संक्रमितको संख्याले देखाइरहेको छ।

डाक्टर फाउची ट्रम्प प्रशासनको कोभिड १९ रेस्पोन्स टिममा रहेर काम गरेका थिए। उनले ट्रम्पको शैलीको आलोचनासमेत गरेका थिए।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here