कञ्चनपुरका ७३ वर्षिय संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

0
9
ad

नेपालगन्ज –  बाँकेमा सोमबार कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । यो सँगै बाहिर जिल्लाबाट बाँके जिल्लामा आइ उपचारको क्रममा कोभिड–१९ संक्रमणबाट मृत्यु हुने संख्या ६३ पुगेको छ ।

शुक्लाफाँटा–५ कञ्चपुर निवासी ७३ वर्षिय पुरुषको उपचारको क्रममा सोमबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ः४५ बजे मृत्यु भएको हो । मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर १२ गते सेती अस्पतालमा स्वाव परिक्षण गरिएको र मंसिर १३ गते नै नमूनाको परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

मृतकको स्वास्थ्यमा समस्या आए पछि मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरि रोगको प्रकृति अनुसार सम्पूर्ण  विधिबाट उपचार गर्दागर्दै आज सोमबार बिहान १ः४५ बजे मृृत्यु भएको अस्पताल स्रोतबाट जानकारी गराईएको छ ।

शव व्यवस्थापनको लागि बाँके जिल्ला प्रमुख मार्फत समन्वय भईरहेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here