बर्दियाका ७२ वर्षिय संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

0
0
ad

नेपालगन्ज –बाँकेमा सोमबार  कोरोनाका कारण बर्दियाका ७२ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यो सँगै बर्दिया जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या १५ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय बर्दियाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गेरुवा गाउँपालिका वडा नं. ७ बर्दियाका ७२ वर्षिय पुरुषको  उपचारको क्रममा सोमबार बिहान १:११ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर १ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र मंसिर १९ गते नमूनाको परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ति पुरुषको  स्वास्थ्यमा समस्या आए पछि मंसिर १४ गते भेरी अस्पतालमा भर्ना गरि सम्पूर्ण विधिबाट उपचार गर्दागर्दै आज सोमबार बिहान १:११ बजे बिहान मृृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको हो ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here