नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा रहेका ३ वटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा ७ महिला र ७ पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल प्रयोगशालामा ४ जना, बागेश्वरी प्रयोशालामा ६ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना गरी १४ जनामा भाइरस संक्रमण देखिएको हो।
बाँकेमा हालसम्म ४ हजार ३१ जनामा कोरोना सङ्क्रमण देखिएमा जिल्ला भित्रका ३९ र जिल्ला बाहिरका ६२ गरि १०१ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ९७ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ९५ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।