कैलालीका ३५ वर्षीय संक्रमित पुरुषको बाँकेमा मृत्यु

0
0
ad

नेपालगञ्ज – कोरोना भाइरसबाट संक्रमित भएका कैलालीका ३५ वर्षीय पुरुषको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का उनी कोरोना भाइरसबाट संक्रमित भएको १५ गते नै पुष्टि भएको थियो ।

त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजको कोरोना आइसोलेशन युनिटमा राखेर उपचार गरिएको थियो । ती पुरुषको आइतबार बिहान सवा चार बजे मृत्यु भएको हो ।

बाँकेमा अन्य जिल्लाका ६२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेका दुई ठूला अस्पतालमा छिमेकी जिल्लाका बिरामीहरु उपचार गर्न आउँछन् । विशेष गरेर कोरोनाको उपचार भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा हुने गरेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here