बाँकेमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि

0
12
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका २ वटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १५ महिला र १३ पुरुष गरी २८ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल प्रयोगशालामा २३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा ५ जना  गरी २८ जनामा भाइरस संक्रमण देखिएको हो।

बाँकेमा हालसम्म ४ हजार १७  जनामा कोरोना सङ्क्रमण देखिएको छ  भने ३ हजार ७ सय ९५ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ८४ जना सक्रिय सङ्क्रमित उपचाररत छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here