बर्दियाका ७२ वर्षिय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

0
17
ad

नेपालगन्ज –बाँकेमा शनिबार कोरोनाका कारण बर्दियाका ७२ वर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बर्दिया जिल्लामा कोभिड–१९ संक्रमितहरुको मृत्यु हुने संख्या १४ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय बर्दियाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गुलरिया नगरपालिका वडा नं. ७ बर्दियाका ७२ वर्षिय पुरुषको  उपचारको क्रममा शनिबार बिहान २ः१५ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । मृतकमा कोभिड–१९ को लक्षणका कारण मंसिर ९ गते भेरी अस्पतालमा नमूना संकलन गरिएको र मंसिर १० गते नमूनाको परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको थियो ।

श्वास प्रश्वासमा समस्या भएका ति पुरुषको  स्वास्थ्यमा समस्या आए पछि मंसिर ११ गते भेरी अस्पतालमा भर्ना गरि रेडमिडिसर, प्लाज्मा स्पोर्टिङ्ग विधिबाट उपचार गर्दागर्दै आज शनिबार बिहान २ः१५ बजे बिहान मृृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको हो ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here