कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास

0
9
ad

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल ओलीले तुलसीपुरको छोटे र शान्तिनगर गाउँपालिकाको पातेटाकुरा जोड्ने पुलको शिलान्यास गरेकी छिन् ।

एक करोड लागतमा बन्न लागेको ट्रस्ट पुलको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । पुलको शिलान्यास गर्दै संविधानसभा सदस्य ओलीले वर्तमान सरकारले देखिनेगरि काम गर्न सुरु गरेको बताइन् । कोरोनाका कारण विकास निर्माणमा केहि ढिला भएपनि पछिल्लो समय सरकारले विकास निर्माणका कामलाई गतिदिन सुरु गरेको उनको भनाई थियो । सबै पालिकामा १५ शैयाको अस्पताल निर्माण गर्नेगरी एकैपटक देशैभर शिलान्यास गरेर जनताको स्वास्थ्य प्रति सरकार संवेदनशिल भएको सदस्य ओलीले बताइन् ।

एक सय २२ मिटर लम्बाई र ३ मिटर चौडाई रहेको पुलको निर्माण कार्य करिब ५ महिनाभित्र सक्नेगरी काम गरेको बाबा गोर्खा बाबिरो जेभीका प्रोप्राईटर सुरेश कुमार कार्कीले जानकारी दिए ।

१८ महिनाभित्र काम सक्नेगरी गत असारमा सम्झौता गरेको निर्माण कम्पनीले स्थानीको सहयोग भएमा पाँच महिना भित्रमा काम सक्ने तयारी गरेको छ । सो क्षेत्रमा पुल निर्माणकालागि राष्ट्रिय सभा सदस्य ओलीले नै पहल गरेकी थिइन् । पुल निर्माणका लागि संघिय सरकारको एक करोड बजेट बिनियोजन गरेको छ । पुल निर्माण भएमा दुई गाउँका करिब २ हजार जनसंख्या लाभान्वित हुने स्थानीयले बताएका छन् ।

तुलसीपुुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गउँपालिका–३ का सदस्य इम बहादुर केसी, नेकपा शान्तिनगर ३का वडा इन्चार्ज दिपक चन्द, स्थानीय युवा देवराज मल्ल लगाएतले बोलेका थिए ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here