बाँकेमा गएराति कोरोनाबाट दाङका २ संक्रमित पुरुषको मृत्यु

0
13
ad

नेपालगंज- बाँकेमा बाँकेमा गएराति  कोरोनाका कारण दाङका २ जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ , दाङका ८१ वर्षीय कृष्ण प्रसाद पुनको उपचारका क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा राति १० बजेर ४५ मिनेटमा मृत्यु भएको र यस्तै तुलसीपुर उपमहानगरपालिका-११ , दाङका ४५ वर्षीय उपेन्द्र बि.क को उपचारका क्रममा  भेरी अस्पताल नेपालगंजमा राति ९ बजे मृत्यु भएको  जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।

संक्रमित दुवै पुरुषहरुलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै विधि अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पताल स्रोतले पुष्टी गरेको हो।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here