बालिका बलात्कार पछि हत्या आरोपित ७ घण्टापछि पक्राउ, तीन प्रहरी निलम्बित

0
7
ad

बझाङमा एक बालिकाको बलात्कार पछि हत्यामा संलग्न एक युवकलाई फरार भएको करिव ७ घण्टामा प्रहरीले पक्राउ गरेको छ।

मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले डोटीबाट पक्राउ गरेको हो।

बाल सुधार गृहमा राखिएका १६ राजेन्द्रलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो। उनी आइसोलेसनबाटै बिहीबार राति १२ बजे भागेका थिए। उनलाई पूर्वी चौकी गाउँपालिकास्थित शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा शुक्रबार बिहान ७ बजे पक्राउ गरिएको डोटी प्रहरीले जनाएको छ।

हत्या अभियोगमा बोहोरालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।

कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखिएका उनी त्यहिबाट भागेका थिए। हत्या आरोपी बोहोरा भागेसँगै उनको निगरानीका लागि खटिएका तीनजना प्रहरीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।

प्रहरीको लापरबाहीका कारण बोहरा फरार भएको निष्कर्षसहित उनीहरुलाई निलम्बन गरिएको सिंहले बताए।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here