देशभर थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५६७ जना डिस्चार्ज

0
1
ad
काठमाडौं । आज देशभर थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, थप १ हजार ५६७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मतकको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here