नेता पौडेल पक्राउको संसदीय दल गण्डकीद्वारा निन्दा, तत्काल रिहा गर्न माग

0
2
ad

पोखरा । मोटरेवल पुल उद्घाटन गर्न पुगेका काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको घटनाको नेपाली काङ्ग्रेस संसदीय दल गण्डकीले भत्सर्ना गरेको छ । दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताएका छन ।

“सत्तारुढ दलको आपसी खिचातानीले सिङ्गो सिस्टमप्रति नै वितृष्णा बढाइरहेको अवस्थामा एकदलीय कम्युनिस्ट चरित्र प्रदर्शन गर्दै प्रशासनले जुन नाङ्गो दमन गर्‍यो त्यसको घोर भत्सर्ना गर्दछु ,” उनले भनेका छन् । यस्तै, आइन्दा यस्तो नगर्न चेतावनी दिँदै र पक्राउ परेका नेताको तत्काल रिहाइको माग समेत गरेका छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here