बालविवाह सम्बन्धी धार्मिक गुरुहरुसँग खुल्ला छलफल कार्यक्रम सम्पन(तस्बिरहरु सहित )

0
2
ad

नेपालगंज- स्याक नेपाल, बाँकेद्वारा आयोजित बालविवाह सम्बन्धी धार्मिक गुरुहरुसँग खुल्ला छलफल कार्यक्रम आज जानकी गाउँपालिकामा सम्पन भएको छ ।

प्लान इन्टरनेशनल  नेपालको सहयोगमा स्याक नेपाल, बाँकेले बाल विवाह रोकथाम परियोजना अन्तर्गत २९औं अन्तर्राष्ट्रिय लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा आज  बालविवाह सम्बन्धी जानकी गाउँपालिकामा  विभिन्न धर्मका धार्मिक गुरुहरुसँग खुल्ला छलफल कार्यक्रम  गरेको हो ।

स्याक नेपाल बाँकेमा कार्यरत अर्मिला रोकायले आफ्नो परिचय दिदै  सबै धर्मका धार्मिक गुरुहरुलाई स्वागत गरेर कार्यक्रम सुरु गर्नुभएको थियो । उक्त छलफल कार्यक्रममा इसाई, इस्लाम, हिन्दुका धार्मिक गुरुहरु तथा  विभिन्न बाल क्लबका भाइबहिनीहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा कानुनी व्यवसायी चित्र बहादुर के.सीले उपस्थित सम्पूर्णलाई बालबालिकाको अधिकार, बालविवाह, गर्भपतन लगायतका विषयमा सिकाउनु भएको थियो । बढ्दै गइरहेको बाल विवाहलाई रोकथाम गर्न धार्मिक  गुरुहरुले के कस्ता भूमिकाहरु खेल्नु पर्छ र हामी सबैले बाल विवाह के हो बुझ्नुपर्छ भनेर कानुनी व्यवसायी  के.सीले  सिकाउनु भएको थियो ।

प्लान  इन्टरनेशनल  नेपालको क्षेत्रिय प्रमुख मिना पराजुलीले सबै धर्मगुरुहरुलाई  तपाइहरुले आफ्नो धर्म अनुसार कसरी विवाह  गराइदिरहनु भएको छ ?  त्यसमा तपाईले देशको कानुन अनुसार २० वर्ष पुगेकाको विवाह गराइदिरहनु भएको छ की त्योभन्दा कम उमेरको भनेर प्रश्नहरु गर्नुभएको थियो । उक्त प्रश्नहरुको उत्तर दिदै इसाई, इस्लाम, हिन्दुका धर्म गुरुहरुले बालविवाह सम्बन्धी आ-आफ्ना कुराहरु राख्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा इसाई, इस्लाम, हिन्दुका धर्म गुरुहरुले धन्यवाद दिदै एकदमै राम्रो छलफल भएको र बाल  विवाह रोकथाम परियोजनामा हामी सबैको साथ र सहयोग रहेको बताएका थिए ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here