आगो ताप्ने क्रममा जलेर एकको मृत्यु

0
8
ad

काठमाडौं । अर्घाखाँचीमा आगो  ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका-२ आप्रा बस्ने ७० वर्षीया पुतली नेपाली रहेकी छन् ।

घरमा आगो ताप्ने क्रममा जल्न पुग्दा मंगलबार बिहान उनको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here