जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

0
38
ad

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्न थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् ।

कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षासमेत भौतिक उपस्थितिबीच मंगलबारबाट सम्पन्न भएको छ । यद्यपि, शिक्षाविद्ले भने आगमी दिन भौतिक उपस्थिति हुँदा कोरोना संक्रमण जोखिम बढ्नसक्ने भन्दै वैकल्पिक विधि अबलम्बन गरेर कक्षा र परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।

यसैबीच, त्रिभुवन विश्वविद्यालयमातहतका क्याम्पसको भौतिक उपस्थितिमै पठनपाठन हुने भएको छ । विश्वविद्यालयअन्तर्गत क्याम्पस, विभाग र स्कुलमा नियमित पठनपाठन हुने भएको हो ।

त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कोभिड–१९ का कारण रोकिएको पढाइलाई निरन्तरता दिइने छ ।

त्रिवि कार्यकार्यकारी परिषद् बैठकले कोरोना भाइरसका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण गत चैतयता भौतिक रूपमा पठनपाठन हुन सकेको छैन ।

त्यस्तै, त्रिविका अधिकांश परीक्षा पनि कोरोनाका कारण रोकि“दै आएका थिए । त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा ‘त्रिविअन्तर्गतका क्याम्पस, विभाग र स्कुलले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी आवश्यक पूर्वतयारी एवं सतर्कता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने’ उल्लेख छ ।

भौतिक उपस्थितिसहित कक्षा सञ्चालन हुन असम्भव भए अन्य वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन व्यवस्था गर्न गराउन त्रिवि कार्यकारी परिषद् बैठकले निर्णय गरेको हो । त्रिविले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यताअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको हो ।

त्यस्तै, अन्य विश्वविद्यालयले पनि भौतिक दूरी कायम गर्दै परीक्षा गराउन थालेका छन् । कोरोनाका कारण परीक्षा स्थगित हुँदा विद्यार्थी मारमा परेका छन् । त्रिचन्द्र कलेजमा बिएस्सी चौथो वर्ष अध्ययन गर्दै गरेकी सविना जिसी गत १६ वैशाखमै परीक्षा तालिका आएको बताउ“छिन् । तर, कोरोनाका कारण रद्द भएको उनले सुनाइन् ।

‘अब फेरि मंसिर २८ गते तोकिएको छ, खोई के हुने हो ?’ उनले परीक्षा समयमा नहुँदा स्नातकोत्तरमा पढ्नमा ढिलाई हुने चिन्ता व्यक्त गर्दै भनिन् । कोरोनाका कारण भौतिक रूपमा उपस्थिति नभई अनलाइनमार्फत कक्षा हुँदै आएका छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here