बाँकेमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि, उपचाररत ४२ संक्रमितको अवस्था गम्भीर

0
24
ad

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा रहेका २ वटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा ५ महिला र १२ पुरुष गरी १७ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पताल प्रयोगशालामा १४ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरको  प्रयोगशालामा गरिएको  परीक्षणमा ३ जना  गरी १७ जनामा भाइरस संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत ४२ संक्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३१ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ११ गरी ४२ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार  भेरी अस्पतालको आइसोलेसनमा ६३ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३३ गरी ९६ जना कोरोना बिरामीको उपचार भईरहेको छ । उपचाररत ९६ जना बिरामीमध्ये, ४२ जना गम्भीर, ४९ जना मध्यम र ५ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताउनुभयो । बाँकेमा १ सय  ४८ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म तीन हजार ९ सय १४ जनामा कोरोना सङ्क्रमण देखिएकोमा जिल्ला भित्रका ३८ र जिल्ला बाहिरका ५१ गरि ८९ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ६ सय ९४ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल १ सय ८२ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here