नेपालगंज- नेपालगंजको मुटु धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश गरेको छ ।
पछिल्लो क्रममा नेपालगंजमा बिभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस संचालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले बताउनु भयो । अघिल्लो दुई बर्षमा बिभिन्न किसिमका चुनौतीलाई पार गरि ग्राहकको ईच्छा अनुसार संचालन गरिएको पनि प्रमुख गुप्ताले बताउनु भयो ।
आफु तेस्रो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा १० प्रतिशत छुटको समेत् व्यवस्था गरिएको वहाको भनाई छ । यस दुई बर्षमा पिज्जा हाउस लाई मन पराएर पाल्नुहुने ग्राहकलाई धन्यवाद दिदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ।
लिज्जा पिज्जा हाउस नेपालगंजका प्रमुख आदित्य गुप्ता नेपालगंज जेसिस बर्ष २०२० का कोषाध्यक्ष समेत हुनुहुन्छ ।