उद्योग वाणिज्य महासंघबाट ढकाल आउट मुरारका इन, हारेका प्रधानलाई मानार्थ सदस्य

0
23
ad

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नवनियुक्त कार्य समितिको पहिलो बैठकले पशुपति मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको छ । भवानी राणा अध्यक्ष हुँदा उनले चन्ढिराज ढकाललाई विशिष्ट सदस्यको रुपमा भित्र्याएकी थिईन् ।

त्यस्तै महासंघको आइतबार बसेको पहिलो बैठकले नै किशोर प्रधानलाइ मानार्थ सदस्यमा भित्र्याएका छन् ।

प्रधान वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसँग पराजित भएका व्यक्ति हुन् । तर गोल्छाले प्रधान र मुरारकालाई महासंघमा भित्र्याएर आफ्नो पकड बलियो बनाएका छन् ।

आइतबार बसेको बैठकले कोषाध्यक्षको पनि नियुक्त गर्ने प्रस्ताव गोल्छाले ल्याएका थिए तर एकलौटी ढंगबाट गरिएको निर्णय भन्दै ढकाल समुहले विरोध गरेपछि गोल्छा हच्किएका छन् ।

कोषाध्यक्षको छनोट भने सोमबारको बैठकले गर्नेछ । महासंघको विधानतः कोषाध्यक्ष कार्य समिति सदस्यमध्येबाट छानिनेछ ।

सोमबार बस्ने बैठकले कोषाध्यक्षमा डिवी बस्नेत वा सकुन्तलाल हिराचनमध्ये एक जना छानिने छन् । बस्नेत ढकाल पक्षका हुन् भने हिराचन प्रधान पक्षका थिए । कसको नाममा सहमति जुटाउने भन्ने विषयमा आज निर्णय हुने महासंघले जनाएको छ ।

महासंघको नयाँ कार्यसमितिसँगै बनेको नयाँ प्रोटोकल अनुसार, अध्यक्ष गोल्छापछि निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट अध्यक्ष पशुपति मुरारका र चौथोमा मात्र बरिष्ठ उपाध्यक्ष ढकाल हुनेछन्।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here